Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

युवकले गरे श्रीमतीको हत्या

युवकले गरे श्रीमतीको हत्या

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख १९, २०८१ बुधवार • १४:०७:०८ बजे
  • 862
    SHARES
  • युवकले गरे श्रीमतीको हत्या

    काठमाडौं महानगरपालिका–६ भूगोलडाँडामा एक युवकले श्रीमतीको हत्या गरें भन्दै प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

    images

    ओखलढुंगाको सिद्धिचरण नगरपालिका–३ घर भई भूगोलडाँडा डेरा गरी बस्ने ३५ वर्षीय सन्तोष परियारले बुधबार प्रहरी वृत्त बौद्धमा आत्मसमर्पण गरेका हुन् ।

    उनले आफूले श्रीमती ३५ वर्षीया अनिशा चाहारको हत्या गरेको प्रहरीलाई बताएका छन् । सन्तोषले मंगलबार राति १ बजेतिर श्रीमतीलाई कुटपिट गर्दा मृत्यु भएको बताएका प्रहरी वृत्त बौद्धका एक अधिकारीले जानकारी दिए ।

    अनिशाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ ।

  • सम्बन्धित विषय:

  • # श्रीमतीको हत्या
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology