Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देश भर ४ सय ३६ स्थानमा डढेलो

देश भर ४ सय ३६ स्थानमा डढेलो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २०, २०८१ बिहिवार • १३:०१:४६ बजे
  • 634
    SHARES
  • देश भर ४ सय ३६ स्थानमा डढेलो

    देश भर वन डढेलोको अवस्था विकराल बन्दै गइरहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बिहीबार ५३ जिल्लाका ४ सय ३६ स्थानमा वन डढेलो लागिरहेको छ ।

    images

    प्राधिकरणका डढेलोविद् सुन्दर शर्माले लामो समयसम्म पानी नपर्ने र हावा चलेका कारण डढेलो फैलिरहेको बताए । “आज पनि देशभर डढेलोको अवस्था विकराल बनेको छ । नेपालको भौगोलिक बिकटताका कारण नियन्त्रणमा थप समस्या उत्पन्न भइरहेको छ,” उनले भने, “पानी परेको छैन तर हावा हुरीका कारण डढेलो फैलिरहेको छ ।”

    उनका अनुसार कैलाली, डोटी, सल्यान, दैलेख, पाल्पालगायतका जिल्ला डढेलोका कारण बढी प्रभावित बनेका छन् । उनका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सयको हाराहारीमा डढेलाको घटनाहरू हुन्छन् । “असी प्रतिशत वन डढेलाको घटनाहरू फागुनको मध्यदेखि जेठको मध्यसम्म ४ महिनामा हुने गर्छन् ।

    चैत र वैशाखमा मात्रै ६० प्रतिशत डढेलोको घटनाहरू हुने गर्छन् । यसकारण अहिले हामी उच्च जोखिमको समयमा छौँ”, शर्माले भने ।

    मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाको घटनाहरू हुने भएकाले यो समयमा सतर्क भएर बस्नुपर्ने अवस्था भएको उनले बताए । प्राधिकरणका अनुसार बुधबार ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको थियो ।

  • सम्बन्धित विषय:

  • # देश भर ४ सय ३६
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology