Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विपदबाट एक वर्षमा १५३७ जनाको मृत्यु

विपदबाट एक वर्षमा १५३७ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २१, २०८१ शुक्रवार • ११:३६:५३ बजे
  • 484
    SHARES
  • विपदबाट एक वर्षमा १५३७ जनाको मृत्यु

    अघिल्लो वैशाखदेखि एक वर्षको बीचमा नेपालमा १ हजार ५४७ को मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । दुर्घटनाबाट ४ हजार १४७ जना गम्भीर घाइते भएको गृहमन्त्रालयका सचिव एकनारायण अर्यालले जानकारी दिए ।

    images

    शुक्रबार काठमाडौंमा भएको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा गृह मन्त्रालयका सचिव अर्यालले अघिल्लो वैशाखदेखि यस अवधिमा बाढी, पहिरो र भूकम्प लगायतका विपद्बाट ६३ जना र आगलागीबाट २६ जनाको मृत्यु भएको पनि उनले जानकारी दिए । यो ०८० वैशाखदेखि ०८१ वैशाख २० गतेसम्म गृह मन्त्रालयले राखेको तथ्यांक हो ।

    यो अवधिमा विभिन्न विपद्हरुबाट १ अर्ब २३ करोड रुपैयाँ बराबर क्षति भएको जनाएको छ । यसमा सरकारले प्राकृतिक र गैरप्राकृतिक दुवैथरि विपद्लाई समेटेको सचिव अर्यालको भनाइ छ । सचिव अर्यालले विपद्बाट १० वर्षमा ४१ अरब ६० करोड रुपैयाँको क्षति भएको पनि जानकारी दिए ।

    उनका अनुुसार दश वर्षको अवधिमा २२ हजार ८२२ जनाको सडक दुर्घटनामा मृत्यु भएको र ४८ हजार ६१६ जना घाइते भएका छन् । पछिल्लो समय बढिरहेको प्राकृतिक र गैरप्राकृतिक विपद्ले कूल ग्राहस्थ उत्पादनमै क्षति पुगेको मन्त्रालयको भनाइ छ । राहत, उद्धारलगायतका काममा धेरै खर्च गर्नुपर्दा विकास निर्माणमा खर्च गर्न नसक्ने उनको भनाइ छ ।

    ‘विपद् नेपालको लागि एकदमै चुनौतिको विषय भएर आइराखेको छ । चौपाया, अनाजहरु लगायत, पूर्वाधार क्षतिको हिसाबले ज्यादै ठुलो क्षति नेपालले व्यहोरिराख्नु परेको छ’, उनले भने । सचिव अर्यालले विपद् व्यवस्थापनसम्बन्धी ऐन, कानुनहरुलाई परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्रालय त्यसमा लागि परिरहेको सचिव अर्यालको दाबी छ ।

  • सम्बन्धित विषय:

  • # १५३७ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology