Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सोल्टी एक्स्प्रेस मार्टको मुख्य प्रायोजनमा मे १० मा अन्तर नेपाली फुटबल प्रतियोगिता हुने

सोल्टी एक्स्प्रेस मार्टको मुख्य प्रायोजनमा मे १० मा अन्तर नेपाली फुटबल प्रतियोगिता हुने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २४, २०८१ सोमवार • १०:३३:३८ बजे
  • 1.2K
    SHARES
  • सोल्टी एक्स्प्रेस मार्टको मुख्य प्रायोजनमा मे १० मा अन्तर नेपाली फुटबल प्रतियोगिता हुने

    कुवेतमा भखरै मात्र खुलेको नेपाली मार्ट "सोल्टि एक्स्प्रेस मार्ट" को मुख्य प्रायोजनमा आगामी शुक्रबार अर्थात १० मे का दिन अन्तर नेपाली खुला फुटबल प्रतियोगिता हुने भएको छ। 

    images

    IMG_3092.jpeg

    सोल्टी एक्स्प्रेस मार्ट नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म परिचित गराउँदै विदेशी मुद्रा नेपाल भित्र्याउने उदेश्यका साथ भखरै मात्र कुवेतको माबुल्लाको ब्लक २ को रोड नं २३९ मा खुलेको छ। नेपाली ट्रेडिसनल खाने कुराहरु, र नेपालमै उत्पादन भएका नेपाली ब्रान्डहरुलाई अन्तर्राष्ट्रिय वजारिकरण गर्ने उदेश्यले नेपाली व्यवसायिहरुले सो मार्ट खुलाएको हो।  नेपाली मौलिक उत्पादनहरु जस्तै टिम्मुर, सिस्नु, च्याउ, गुन्द्रुक, सिन्की, फापरको पिठो, मकैको पिठो मकैको च्याँख्ला, अकबरे खुर्सानी, नेपालमा बनेको आँप, लप्सी, गुन्द्रुक, टिम्मुर, तामा, आदि बाट बनेको अचारका परिकारहरु तथा चाट मसाला, पानी पुरी र पानी पुरिका मसला, चटपटे मसाला, मो:मो मसला तथा सिजनल फलफुलहरु नेपालबाट सिधा कुवेत निर्यात गरि कुवेतको बजार सम्म सप्लाइ गर्ने उनिहरुको उदेश्य रहेको सोल्टी एक्स्प्रेस मार्ट्का सञ्चालक मनिष केसिले बताएका छन। सोल्टी एक्स्प्रेस मार्ट्ले भविस्यमा नेपाली पानी समेत कुवेतमा बेच्ने उदेश्य राखेको बताएका छन। 

    उनले भने " नेपालबाट नेपाली उत्पादनलाई कुवेतमा ल्याएर त्यसको बजारीकरण गर्नु त्यति सजिलो छैन, तर त्यो सबै प्रकृया पूरा गर्दै कुवेतमा रहेका नेपालिहरुलाइ नेपाली उत्पादन उपलब्ध गराउनु मात्र नभई कुवेतमा रहने आप्रवासीहरुलाइ समेत नेपाली उत्पादन चिनाउँदै उनिहरुलाइ नेपाली उत्पादन बेच्नका लागि यो मार्ट स्थपना भएको हो। नेपालबाट भन्सार गरेर समान पठाउन उसै पनि सहज छैन। झन नेपाली उत्पादन कुवेत ल्याएर कस्टोम क्लियरेन्स गरेर बजारमा बेच्नु फलामको चिउरा चपाउनु जस्तै हो। त्यस्को बाबजुद पनि कडा मिहेनत गरे त्यो सम्भव रहेकोले हामी लागि परेका छौं।"

    सोल्टी एक्स्प्रेस मार्ट्ले नेपालबाट नेपाली चिया, नेपाली कफि, मह, अर्गानिक घ्यु, जस्ता नेपाली उत्पादनहरुलाइ प्राथमिकताका साथ विदेश निर्यात गर्दै अन्तर्राष्ट्रिय वजारमा स्थापित हुने उदेश्य राखेको छ। सोल्टी एक्स्प्रेस मार्ट रानाध्वोज लामा, दिलकुमार पाख्रीन, सुरज मास्के र मनिष केसिको बराबर स्वामित्वमा  संचालनमा आएको हो ।

    सोल्टी एक्स्प्रेस मार्ट कुवेतमा भर्खर  स्थापना भएको कारण कुवेतका सबै नेपालीहरु समक्ष पुग्न सकिरहेको छैन। फुटबल खेलको माध्यमद्वारा पनि केही थप नेपालिहरु समक्ष परिचय र वहाँहरु सम्म पुग्ने जमर्को गर्दै यो अन्तर नेपाली खुला फुटबल प्रतियोगितामा आयोजना गरेको हो। 

    खेल १० मे शुक्रबारका दिन दिउँसो ठिक २:३० बजेबाट सुक सभा स्थित फुटबल मैदानमा सुरु हुनेछ। किरात यक्थुङ चुम्लुङ, नेपाल कुवेत सरोकार समाज, किरात राई यायोक्खा कुवेत, पुर्वेली टाइगर, मगर संघ कुवेत ग्रुप A बाट समावेस छन भने ग्रुप B बाट धनकुटा फुटबल क्लव,न्यु गोर्खाली फुट्बल क्लव, नेपाल तामाङ घेदुङ, नुवाकोट धादिङ रसुवा समाज र गोर्खा वारिअर्स गरि जम्मा १० टिमले भाग लिएका छन। कुवेतमा हुने फुटबलका एक मात्र विजेताको उपाधी कायम राखिरहेका पुर्वेली टाइगरलाइ केही दिन पहिले मात्र NRNA कुवेतद्वरा आयोजित अन्तर नेपाली खुला फुटबल प्रतियोगितामा नुवाकोट धादिङ रसुवाले हराउँदै विजेताको उपाधी आफ्नो पोल्टामा पारेको थियो। त्यसकारण पनि आगामी हप्ताको फुटबल अझ बढी प्रतिस्पर्धात्मक र आकर्षक हुने अनुमान लिन सकिन्छ।

  • सम्बन्धित विषय:

  • # प्रवास
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology