Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

श्रीमतीको अश्लील भिडियो फेसबुकमा हाल्ने श्रीमान् पक्राउ

श्रीमतीको अश्लील भिडियो फेसबुकमा हाल्ने श्रीमान् पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २८, २०८१ शुक्रवार • १४:२३:४४ बजे
  • 424
    SHARES
  • श्रीमतीको अश्लील भिडियो फेसबुकमा हाल्ने श्रीमान् पक्राउ

    श्रीमतीको चरित्रहत्या गरेको आरोपमा प्रहरीको साइबर ब्युरोले श्रीमानलाई पक्राउ गरेको छ ।

    images

    पक्राउ पर्नेमा मकवानपुरको बकैया गाउँपालिका–७ घर भएर काठमाडौँको जडीबुटी बस्ने २४ वर्षीय फुर्साङ रुम्बा छन् । उनीविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गतको कसुरमा ५ दिनको म्याद लिएर अनुसन्धान भइरहेको साइबर ब्युरोका एसपी दीपकराज अवस्थीले जानकारी दिए ।

    वैदेशिक रोजगारीमा हुँदा ह्वाट्स एपमा आदान प्रदान गरेको गोप्य अंग देखिने फोटो र भिडियो फुर्साङले दुरुपयोग गरेर फेक अकाउन्ट बनाएर अपलोड गरेको अनुसन्धानबाट थाहा भएको छ ।

    पीडितकी दिदीले दिएको जाहेरीको आधारमा अनुसन्धान गर्दा फुर्साङले नै चरित्रहत्या गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

     

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology