Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

रुखमा बाँधेर जलाएको अवस्थामा शव भेटियो

रुखमा बाँधेर जलाएको अवस्थामा शव भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २९, २०८१ शनिवार • ०५:१९:०० बजे
  • 670
    SHARES
  • रुखमा बाँधेर जलाएको अवस्थामा शव भेटियो

    काभ्रेको पाँचखाल नगरपालिका वडा नम्बर ४ मा रुखमा बाँधेर जलाइएको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ ।

    images

    फेदी र जिरोकिलोको बीचमा पर्ने स्थानमा पूर्णरुपमा जलेको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी राजकुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार तारले रुखमा बाँधेर जलाएको अवस्थामा शव फेला परेको छ । शवको पहिचान हुन सकेको छैन । शव कुनै पुरुषको रहेको र उमेर २५ वर्षभन्दा कम जस्तो देखिएको डिएसपी श्रेष्ठको भनाइ छ ।

    शवको प्रकृति हेर्दा घटना ५–६ दिन अघिको हुन सक्ने अनुमान छ । घटनास्थलमा कुकुर सहितको प्रहरीको अनुसन्धान टोली परिचालन गरिएको छ ।

     

  • सम्बन्धित विषय:

  • # अवस्थामा शव भेटियो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology