Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पानी परेपछि बल्ल किसानले छर्न थाले मकै

पानी परेपछि बल्ल किसानले छर्न थाले मकै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख २९, २०८१ शनिवार • १३:१०:४९ बजे
  • 502
    SHARES
  • पानी परेपछि बल्ल किसानले छर्न थाले मकै

    लामो समयको खडेरीपछि वर्षा हुँदा यहाँका किसानलाई राहत मिलेको छ ।

    images

    वर्षा भएपछि उनीहरुलाई खेतीपाती गर्न सहज भएको छ । वर्षा भएपछि मकै छर्न तथा अन्य बालीनाली लगाउन सहज भएको दोगडाकेदार गाउँपालिका–३ का किसान फुनडी विष्टले बताए ।

    उनले भने, ‘लामो समयको खडेरीपछि पानी परेको छ, अब यसले बालीनालीलाई फाइदा पुग्नेभयो ।’ वर्षाले तरकारी बाली र फलफूल खेतीमा सिँचाइको काम गरेको दार्चुलाको लेकमका किसान मानबहादुर कार्कीले बताए ।

    मकै छर्न तयार भएका किसान वर्षापछि खुसी भएका छन् । सिँचाइ अभावमा तरकारी बाली र फलफूल सुक्न थालेका थिए । बैतडीमा मकैखेती १४ हजार पाँच सय हेक्टर जग्गामा गरिँदै आएको छ ।

    यसैबीच वर्षापछि यहाँका वनजङ्गलमा लागेको डढेलो पनि नियन्त्रणमा आएको छ । डढेलोका कारण वायुप्रदूषण बढेको थियो । वर्षापछि प्रदूषण कम भएको छ । बैतडीका एक सयभन्दा बढी वनमा डढेलो लागेको थियो ।

  • सम्बन्धित विषय:

  • # किसानले छर्न थाले मकै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology