Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वर्किङ भिसामा कामदार पठाउने भन्दै १२४ जनाबाट ४ करोड ठगीमा ४२ वर्षीय विनोद श्रेष्ठ पक्राउ

वर्किङ भिसामा कामदार पठाउने भन्दै १२४ जनाबाट ४ करोड ठगीमा ४२ वर्षीय विनोद श्रेष्ठ पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

बैशाख ३१, २०८१ सोमवार • ०९:१०:०५ बजे
  • 964
    SHARES
  • वर्किङ भिसामा कामदार  पठाउने भन्दै १२४ जनाबाट ४ करोड ठगीमा  ४२ वर्षीय विनोद श्रेष्ठ पक्राउ

    साढे २ करोड रुपैयाँ ठगीमा पक्राउ परेर श्रीमती र सालो जेल चलान भएको ६ महिनापछि ४ करोड रुपैयाँ ठगीको आरोपमा श्रीमान पक्राउ परेका छन् ।

    images

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलको टोलीले ४ करोड रुपैयाँ ठगीको आरोपमा कास्कीको पोखरा महानगरपालिका–५ घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई चाबहिलबाट पक्राउ गरेको हो । श्रीमती सुरुची र सालो सुजन भुजेललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ९० जनाको २ करोड ५९ लाख ७९ हजार ५ सय रुपैयाँ ठगीको आरोपमा गत ९ असोजमा पक्राउ गरेको थियो । उनीहरु पुर्पक्षका लागि जेल चलान भएका थिए । श्रीमती र सालो जेल चलान भएको आरोपमा ४ करोड ठगीको आरोपमा श्रीमान श्रेष्ठ पक्राउ परेका हुन् ।

    श्रेष्ठले टर्कीको युएन मिसन कार्यालयमा वर्किङ भिसामा कामदार पठाउने भन्दै १२४ जना व्यक्तिहरुबाट ४ करोड ३४ लाख रुपैयाँ ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिए । युएनको भवन निर्माणमा मासिक १४५० डलर कमाई हुने भन्दै चुच्चेपाटीस्थित जमघट रेष्टुरेन्टमा भेट गरी विश्वास दिलाएर ठगी गरेको पाइएको एसएसपी भट्टराईले बताए ।

    पीडितबाट सुरुमा ५० हजार रुपैयाँ लिने र त्यसपछि विभिन्न शीर्षकमा थप रकम माग गर्दै ठगी गरिएको खुलेको छ । मीनबहादुर कार्की लगायत ४ जनालाई टर्की पठाउन भन्दै भारतसम्म लगेर १५ दिनसम्म राखेको पाइएको छ । १५ दिनसम्म कोही पनि सम्पर्कमा नआएपछि उनीहरु नेपाल फर्किएका थिए ।

    विश्वासमा दिलाउन युएनमा कार्यरत व्यक्तिको नाम समेत उनीहरुले लिने गरेका थिए । प्रहरी स्रोतका अनुसार यो गिरोह युएनका महासचिवकै हस्ताक्षर किर्ते गरेको खुलेको छ । महासचिव एन्टिनियो गुटेरेसको हस्ताक्षर समेत किर्ते गरेर विश्वास दिलाई रकम लिई ठगी गरेको खुलेको हो । यसअघि पक्राउ परेकी सुरुचीको साथबाट समेत गुटेरेसको किर्ते हस्ताक्षर भेटिएको थियो । त्यतिबेला ९० जना पीडितहरुले जाहेरी दिएपछि उनी पक्राउ परेकी थिइन् ।

    टर्कीमा भूकम्प गएपछि क्षतिग्रस्त संरचना बनाउन राष्ट्रसंघले कामदार लैजाने भन्दै विश्वासमा दिलाएर श्रीमान–श्रीमती र सालोले ठगीको धन्दा चलाएको खुलेको छ । पीडितहरूले दिएको जोहरीअनुसार युएन टर्कीको लेटरप्याटमा राष्ट्रसंघका महासचिव गुटेरेसले नै हस्ताक्षर गरेको अफरलेटर देखाइएको थियो । गुटेरेसको हस्ताक्षर भएको पत्रका आधारमा विश्वासमा परेर उनीहरूले पैसा बुझाएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology