Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

चार्टर उडानबाट आए १८० भियतनामी बुद्धिस्ट पर्यटक

चार्टर उडानबाट आए १८० भियतनामी बुद्धिस्ट पर्यटक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ ३, २०८१ बिहिवार • १२:३५:४३ बजे
  • 547
    SHARES
  • चार्टर उडानबाट आए १८० भियतनामी बुद्धिस्ट पर्यटक

    भियतनामबाट एक साथ १८० जना बुद्धिस्ट पर्यटक नेपाल भ्रमणमा आएका छन् ।

    images

    रुप्से होलिडेजका अनुसार उनीहरू चार्टर फ्लाइटमार्फत नेपाल भ्रमणमा आएका हुन् । यो सङ्ख्यामा भियतनामी बौद्ध धर्मालम्बी एकैपटक नेपाल आएको पहिलो पटक भएको कम्पनीले जनाएको छ ।

    १८० तीर्थालु भियतनामको हनोइबाट हिमालय एयरलाइन्सको चार्टर फ्लाइट मार्फत सोझै काठमाडौं आएका हुन् । सो चार्टरमा रुस, युरोप, अमेरिका लगायत गन्तव्यबाट पनि पर्यटकहरू काठमाडौं आएका छन् ।

    भियतनामी पर्यटकहरू ७ रात र ८ दिनको यात्रामा काठमाडौं ओर्लिएको कम्पनीले जनाएको छ । उनीहरूले काठमाडौं उपत्यकका विभिन्न बौद्ध गुम्बा र चैत्यहरूको भ्रमण गर्ने कार्यक्रम छ ।

    साथमा हलेसी दर्शनमा समेत जाने छन् । पूर्णरूपमा धार्मिक पर्यटकको रूपमा आएका यी भियतनामी नागरिकले ध्यान र बौद्ध शिक्षाका लागि काठमाडौंमा रहेका विभिन्न चैत्य तथा गुम्बामा ६ दिन र हलेसीमा १ रात बिताउने कार्यक्रम छ । ह्वाइट गुम्बा, फर्पिङ्, स्वयम्भू, नमोबुद्ध र पाटनको भ्रमण अवलोकन गराउने तयारी छ ।

    उनीहरू नेपालका पाँच तारे होटलहरूमा बसेको भन्दै कम्पनीले यो भ्रमणबाट नेपालमा लक्जरी यात्रा रुचाउने यात्रु भित्र्याउन सम्भव देखिएको समेत उल्लेख गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology