Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मुग्लिन–नारायणगढ सडकमा पहिरो, स्काभेटर चालकको मृत्यु

मुग्लिन–नारायणगढ सडकमा पहिरो, स्काभेटर चालकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ १३, २०८१ आइतवार • ०५:१९:४८ बजे
  • 1.3K
    SHARES
  • मुग्लिन–नारायणगढ सडकमा पहिरो, स्काभेटर चालकको मृत्यु

    चितवनस्थित मुग्लिन–नारायणगढ सडक खण्डमा पहिरो खसेको छ ।

    images

    पहिरोका कारण स्काभेटर चालक ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले रातोपाटीलाई बताए ।

    बर्दिया घर भएका चौधरी निर्माणाधीन ३ नम्बर पुलको स्काभेटर चालक हुन् । पुल बनाउन पहाड काट्ने क्रममा काम गरिरहेको अवस्थामा ढुङ्गा सहितको पहिरो खस्दा स्काभेटर पुरिएको डीएसपी रिजालले बताए ।

    चौधरीलाई प्रहरीले उद्धार गरेर चितवन मेडिकल कलेजमा लगेको थियो । चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् । घटनास्थल इच्छाकामना गाउँपालिका वडा नम्बर–५ मा पर्छ ।

  • सम्बन्धित विषय:

  • # चालकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology