Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नेपालमा कोरोना भाइरस (काेभिड -१९) संक्रमितको संख्या ७,८४८ पुग्यो, मृत्यु हुनेको संख्या २२

नेपालमा कोरोना भाइरस (काेभिड -१९) संक्रमितको संख्या ७,८४८ पुग्यो, मृत्यु हुनेको संख्या २२

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ४, २०७७ बिहिवार • २०:३४:५६ बजे
  • 2.2K
    SHARES
  • नेपालमा कोरोना भाइरस (काेभिड -१९) संक्रमितको संख्या  ७,८४८ पुग्यो, मृत्यु हुनेको संख्या २२

    मयूरपाटी - कोरोना भाइरस (कोभिड -१९) बाट नेपालमा पछिल्लो २४ घण्टामा थप ६७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २ जनाको ज्यान गएको छ ।१९ जनाले कोरोना जितेर घर फर्केका छन ।

    images

    नेपालमा आज सम्ममा कोरोना संक्रमण हुनेको कुल संख्या ७,८४८ पुगेको छ भने अहिलेसम्म ७४ जिल्लामा कोरोनाभाइरस फैलिसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मिडिया ब्रिफिङमा जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गाैतमको अनुसार बुधबार अपरान्ह सम्म कुल ११८६ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन।

    कोरोना भाइरसका कारण कैलालीको गोदावरी ४ का ४६ वर्षीय पुरुष र कैलालीकै लम्किचुहा २ का ४३ वर्षिया महिलाको मृत्यु भएको छ भने अहिले सम्म कोरोना संक्रमणको कारण ज्यान जानेको संख्या २२ पुगेको छ ।

    आजसम्म देशभरका २२ वटा ल्याबबाट पोलिमरेज चेन रियाक्सन भनिने पीसीआर विधिबाट देशभरि १,५५,५१८ परीक्षण भएको छ भने क्वारेन्टाइनमा १ लाख १६ हजार २ सय १५ जना रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # विचार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology