Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खोलामा डुबेर भारतीय पर्यटकको मृत्यु

खोलामा डुबेर भारतीय पर्यटकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

जेठ २६, २०८१ शनिवार • १४:२९:४० बजे
  • 541
    SHARES
  • खोलामा डुबेर भारतीय पर्यटकको मृत्यु

    पाल्पा घुम्न आएका भारतीय पर्यटकको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भारतको कानपुरका ३५ वर्षीय फहीम अहमद रहेको प्रहरीले जनाएको छ ।

    images

    शनिबार दिउँसो १२ बजेतिर दुई जना साथीसँगै पाल्पाको तिनाउ गाउँपालिका–३, झुम्सास्थित तिनाउ खोलामा नुहाउने क्रममा अहमद खोलामा डुबेका थिए ।

    उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।

    तिनाउ खोलामा नुहाउने क्रममा यो वर्ष वैशाखदेखि हालसम्म ५ जनाको मृत्यु भइसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # पर्यटकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology