कुवेत - नेपाल मगर संघ शाखा कुवेतको आयोजनामा प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप अन्तर नेपाली भलिवल प्रतियोगिताको बाँकी क्वार्टर फाईनल, सेमिफाईनल र फाईनल खेल आगामी ५ जुलाई २०२४ शुक्रबारका दिन बिहानको ठिक ०७.०० बजेदेखी कुवेतको अबुहलिफा स्थित (kuwait technical college) को भलिवल स्टेडियममा हुने महासचिब श्रवण गाहा मगरले जानकारी दिएका छन ।
उक्त दिन हुने क्वार्टर फाईनल पहिलो खेल पोल (ए) बाट पूर्व पश्चिम ब्रदर्स र लाफा समाज बिच हुने छ भने पोल (बी) बाट लाली गुराँस र नेपाल स्टार बिच खेल्ने छन । (ए) पोल बाट कल्याणकारी युवा समाज र (बी) पोल बाट लुम्बिनी समाज कुबेत सेमीफाइनलमा पुगी सकेका छन । खेल बिहानको ठिक ०७.०० बजे देखी खेलाइने छ । उक्त दिन हुने खेलमा तोकिएको समयमा टिम उपस्थित हुन नसकेमा उपस्थित टिम लाई स्वत अर्को चरणमा प्रवेश गराउने आयोजकले जानकारी दिएको छ । सम्पूर्ण कुवेतवासी नेपालीहरु लाई खेल हेर्न पनि आयोजनकले अनुरोध गरेको छ ।
टुर्नामेण्ट सम्बन्धी थप जानकारीको लागि:
गोल्ड कप संयोजक – मनु भुजेल मगर – ६९३३३८८३
महासचिव – श्रवण गाहा मगर – ६९०५८०२७
आयोजक - नेपाल मगर संघ शाखा कुवेत