Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

नियम कानुन सबैको निम्ति एउटै हो कि होइन ? तस्बीर आफै बोल्छ

नियम कानुन सबैको निम्ति एउटै हो कि होइन ? तस्बीर आफै बोल्छ

बादल शाही

बादल शाही

आश्विन १८, २०७७ आइतवार • १९:०३:१५ बजे
  • 6.8K
    SHARES
  • नियम कानुन सबैको निम्ति एउटै हो कि होइन ? तस्बीर आफै बोल्छ
    हिजोआज जिल्ला ट्राफिक कार्यालय म्याग्दीले ट्राफिक  नियम उल्लंघन गरेको प्रसंग र फोटो सामाजिक संजालमा छरपस्ट भएको छ । सरकारले नियम बनाउने तर त्यही नियम आफुले  नमान्ने गरेको लज्जास्पद घटना म्याग्दीको बेनीमा घटेको हो ।

    m2.jpg
    जनतालाई चाहिँ नियम नमानेको आधारमा अनेक रसिद कटाउने तर जिल्ला ट्राफिक म्याग्दीले भने बजारको बीच भागको सडकमै गलत साइडमा सवारी पार्किङ गरेको हो । निषेध गरिएको ठाउँमा नै प्रहरीको भ्यान बाइक जस्ता सवारी साधन रोकिनुले सरकारी नियमको धज्जी उडाएको प्रष्ट हुन्छ ।

    "सरकारी नियम प्रशासनलाई हुन्छ कि हुन्न ? नियम कानुन सबैको निम्ति एउटै हो कि होइन ? लोकतन्त्रमा यस्तै हुँदो रहेछ" भन्ने  जस्ता प्रसंगका साथ सामाजिक संजालमा फोटो सहित स्टाटसहरु देखिन थालेका छन ।
    m3.jpg

    म्याग्दीको सदरमुकाम बेनी बजारको न्युरोडमा यसरी गलत तरिकाले ट्राफिक नियमको उल्लंघन गर्दै सेतो प्लेटका सवारीहरु पार्किङ हुँदै गर्दा ट्राफिक नियमको खिल्ली उडेको हो । नियम सबैका लागि र सधैंका लागि हुन पर्ने भन्दै देश बिदेशमा रहेका म्याग्देलीहरुले सामाजिक संजालमा आफ्ना बिचारहरु पस्केका छन ।
    m4.jpg

    अझ सुरक्षा निकाय त झनै महत्वपुर्ण नियमनको कार्यान्यवन् गर्ने अनि अनुगमन गर्ने पक्ष हो । कुनै महत्वपुर्ण कार्यबाहेक शक्तिको दुरुपयोग गर्दै सानालाई एन ठुलालाई चैन भने जस्तै गरी झझल्को दिने गरी एकतर्फी पार्किङमा सुरक्षा निकायका सम्बन्धित सवारी नै यसरी तेर्सिदा कानुअन कार्यानव्यनको खिल्ली उडाए झै भएन र ?

  • सम्बन्धित विषय:

  • # समाज
  • # नियम कानुन
  • बादल शाही

    बादल शाही मयूरपाटी डिजिटल पत्रिकाकाे सम्बाददाता हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology