Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मुसलधारे वर्षाले पृथ्वी राजमार्ग भासियो

मुसलधारे वर्षाले पृथ्वी राजमार्ग भासियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०८१ बुधवार • ०४:५८:३० बजे
  • 1.0K
    SHARES
  • मुसलधारे वर्षाले  पृथ्वी राजमार्ग भासियो

    मुसलधारे वर्षाका कारण पोखरामा घर डुवानदेखि राजमार्ग भासिएका छन् ।

    images

    पोखरा महानगरपालिका चाउथेको घट्टेकुलोमा पृथ्वी राजमार्ग सडक भासिएको हो । ५ मिटर सडक घट्टेकुलोको पानीले काटेको प्रहरीले जनाएको छ । नजिकै अर्को ठाउँमा पनि ७ मिटर लामो सडक भासिएको छ ।

    अहिले सडक एकतर्फी सञ्चालनमा छ । यता पोखरा ७ गैरीखेतमा दुई घर डुबानमा परेको छ । स्थानीय कुमार सुनार र रेशम गुरूङको घर डुबानमा परेको हो ।

    पोखरा–३३ बागमारा स्थित सिप्लिङतराम अविरल बर्षा पछि तीन घर डुबानमा परेका छन् । स्थानीय राम्जी बास्तोला, सुमन विक र बाबुराम बस्नेतको घर डुबानमा परेको हो ।

    पोखरा र कास्की सहित अहिले गण्डकीकै जनजीवन प्रभावित भएको छ । पोखरा २८ आरुपाटामा घर पुरिँदा १ जनाको मृत्यु भएको छ भने मादी ५ चितेपानीमा पनि घर पहिरिँदा अर्का १ जनाको मृत्यु भएको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology