Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बागलुङको गलकोटमा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए

बागलुङको गलकोटमा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १६, २०८१ शनिवार • ०५:१८:१३ बजे
  • 568
    SHARES
  • बागलुङको गलकोटमा  वृद्ध दम्पती घरसहित पहिरोमा पुरिए

    बागलुङको गलकोट नगरपालिका–८ काँडेबाँसको बिसौनामा वृद्ध दम्पती घरसहित पहिरोमा पुरिएका छन् ।

    images

    बिसौनाका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीय वसन्ती गए राति पहिरोमा पुरिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए। अहिले घटनास्थलमा प्रहरी टोली पठाइएको छ ।

    स्थानीयले उनीहरूको खोजी गरिरहेका छन् । यसैबिच पहिरोले मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ । यस क्षेत्रमा शुक्रबारदेखि लगातार पानी परिरहेको छ ।

    कालीगण्डकी करिडोर र बागलुङ–कुश्मीशेरा सडक पनि अवरुद्ध छ ।

  • सम्बन्धित विषय:

  • # पहिरोमा पुरिए
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology