Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जाजरकोटमा पहिरोले पुरिँदा बालकको मृत्यु, बुबा घाइते

जाजरकोटमा पहिरोले पुरिँदा बालकको मृत्यु, बुबा घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १८, २०८१ सोमवार • ०४:२३:४१ बजे
  • 1.1K
    SHARES
  • जाजरकोटमा पहिरोले पुरिँदा बालकको मृत्यु, बुबा घाइते

    जाजरकोटमा पहिरोले घर भत्किँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भेरी नगरपालिका–५, ईब्रा गाउँका ६ वर्षीय प्रिन्स विक रहेको जाजरकोट प्रहरीले जनाएको छ ।

    images

    आज बिहान घर भन्दा पछाडिबाट आएको पहिरोले घर भत्किँदा उनको मृत्यु भएको हो । प्रिन्सका बुबा रमेश विक घाइते भएका जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद सापकोटाले जानकारी दिए ।

    ६ जनाको परिवार रहेको उक्त घरका बाँकी सदस्यहरू भने सकुशल छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology