कुवेतमा कामदार मागपत्र प्रमाणिकरणमा स्वचालित प्रणाली लागू गरिने भएको छ ।
कुवेतस्थित नेपाली दूतावासले आज एक सूचना प्रकाशित गर्दै कार्यालयबाट हुँदै आएको कामदार मागपत्र प्रमाणिकरणको कार्य निकट भविष्यदेखि स्वचालित प्रणालीमार्फत प्रदान गर्ने जनाएको छ ।
सो प्रयोजनको लागि कुवेतमा भएका रोजगारदाताहरुलाई प्रयोगकर्ता दर्ताको कार्य जुलाई ०७ देखि आधिकारिक वेबसाइट https://demand.nepalconsular.gov.np/ मार्फत शुरु गरिनेछ ।
रोजगारदाताहरुले दर्ता गरिसकेपछि दूतावासबाट छिट्टै नै अनलाइन मागपत्र प्रमाणिकरण प्रक्रिया शुरु गरिने र सोको जानकारी समेत प्रकाशन गरिने दूतावासको सूचनामा उल्लेख गरिएको छ ।
