Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

प्रथम शहिद लखन थापा मगर स्मृति रनिङ गोल्ड कपको उपाधि कल्याणकारीको पोल्टामा

प्रथम शहिद लखन थापा मगर स्मृति रनिङ गोल्ड कपको उपाधि कल्याणकारीको पोल्टामा

चन्द्र गाेतामे

चन्द्र गाेतामे

आषाढ २२, २०८१ शुक्रवार • १४:४५:१६ बजे
  • 2.2K
    SHARES
  • प्रथम शहिद लखन थापा मगर स्मृति रनिङ गोल्ड कपको उपाधि कल्याणकारीको पोल्टामा

    कुवेत - नेपाल मगर संघ शाखा कुवेतको आयोजनामा सम्पन्न 'प्रथम शहिद क्या. लखन थापा मगर स्मृति रनिङ शिल्ड गोल्ड कप' अन्तर नेपाली भलिवल प्रतियोगिताको उपाधि कल्याणकारी नेपाली युवा समाज कुवेतले हात पारेको छ । 

    images

    कुवेतको अबुहलिफास्थित कुवेत टेक्निकल कलेजको भलिवल स्टेडियमा सम्पन्न खेलमा लुम्बिनी समाज कुवेतलाई पराजित गर्दै उपाधि हात पारेको हो । कल्याणकारीले गोल्ड कप, मेडल, प्रमाण-पत्र र नगद २५१ केडी हात पारेको  छ भने लुम्बिनी समाजले ट्रफी, मेडल, प्रमाणपत्र र नगद १५१ केडी हात पारेको छ । 

    त्यसैगरी उत्कृष्ट टिम पुर्व पश्चिम ब्रदर्शले ट्रफी र प्रमाण पत्र हात पारेको छ भने उत्कृष्ट खेलाडी कल्याणकारीका प्रविन कटुवालले ट्रफी र प्रमाण पत्र हात पारे । प्रतियोगितामा मोना कुवेत, मगर संघ कुवेत, लाफा ग्रुप-बी, कल्याणकारी युवा समाज, पुर्व पश्चिम ब्रदर्स, युनिभर्सल टिम, लाफा समाज कुवेत, निरेम ग्रुप, लुम्बिनी समाज, लाफा ग्रुप-ए, रुरु रेसुङ्गा गुल्मी, लाली गुराँस र नेपाल स्टार सहित १३ नेपाली शसक्त टिमहरु सहभागी थियो ।

  • सम्बन्धित विषय:

  • # खेलकुद
  • चन्द्र गाेतामे

    चन्द्र गाेतामे मयूरपाटी डिजिटल पत्रिकाकाे कार्यकारी सम्पादक हुनुहुन्छ ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology