Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

हेटौँडा–काठमाडौँ जोड्ने दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

हेटौँडा–काठमाडौँ जोड्ने दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०८१ शनिवार • ०४:१९:४२ बजे
  • 502
    SHARES
  • हेटौँडा–काठमाडौँ जोड्ने दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध

    हेटौँडा–काठमाडौँ जोड्ने सिस्नेरी दक्षिणकाली सडक पहिरोका कारण अवरुद्ध भएको छ ।

    images

    अविरल वर्षाका कारण पहिरो जाँदा हेटौँडा–काठमाडौँको वैकल्पिक मार्ग सिस्नेरी दक्षिणकाली सडकखण्ड अवरुद्ध भएको हो। वर्षाको कारण सडकखण्ड अन्तर्गत मकवानपुरको इन्द्र सरोवर २ छेपारेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

    ठुलो पहिरो गएकोले तत्काल पहिरो पन्छाएर बाटो खुलाउन सकिने सम्भावना नरहेको प्रहरीको भनाई छ। बाटो सुचारु गर्न सडक डिभिजन कार्यालय मकवानपुर र इन्द्र सरोवर गाउँपालिकासँग समन्वय भइरहेको प्रहरीले जनाएको छ ।

    प्रहरीले सिस्नेरी हुँदै काठमाडौँ जाने बाटो अवरुद्ध भएकाले अन्य बाटो प्रयोग गर्न भनेको छ।

  • सम्बन्धित विषय:

  • # कारण अवरुद्ध
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology