Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

देशका ७ नदीमा भीषण बाढी, सतर्कता जारी

देशका ७ नदीमा भीषण बाढी, सतर्कता जारी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २३, २०८१ शनिवार • ०८:५४:२७ बजे
  • 772
    SHARES
  • देशका ७ नदीमा भीषण बाढी, सतर्कता जारी

    जल तथा मौसम विभागको बाढी पूर्वानुमान शाखाले सिन्धुपाल्चोकको मेलम्ची नदीमा बाढीले खतराको तह पार गरेको जनाएको छ । मेलम्चीको नकोटेमा रहेको स्टेसनले हाल जल सतह बढिरहेको विवरण पठाएको छ ।

    images

    नदीमा पानीको सतह साढे ४ मिटर बढ्दा खतराको तह हुनेमा अहिले झन्डै ५ मिटर जल सतह बढेको र यो बढ्ने क्रममा रहेकोले मेलम्ची, इन्द्रावती, सुनकोसी किनारमा सतर्कता अपनाउन भनिएको छ ।

    यस्तै भक्तपुरको हनुमन्ते खोलामा पनि बाढीको मात्रा बढिरहेको छ । १३ सय ९ मिटर जल सतह बढेको र बढ्ने क्रम रहेकोले भक्तपुरका खोला आसपास सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

    यस्तै बागमती नदीले पनि जल सतह पार गरेको छ । नारायणी नदीमा पनि बाढीको मात्रा बढ्दो क्रममा रहेको मौसम विभागको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

    देवघाटमा रहेको स्टेसनले गरेको मापन अनुसार नारायणी नदीले ७ दशमलव ३ मिटर जल सतह पार गर्दा खतराको तहमा हुने अवस्थामा हाल ८ दशमलव ४ मिटर जल सतह पार गरेको छ ।

    यस्तै नारायणघाटमा पनि नारायणी नदीले जल सतह पार गरेको छ । लमजुङको बिमलनगरमा मर्स्याङ्दी नदी र कोशी नदीले बन्गाई क्षेत्रमा खतराको तह पार गरेको छ । दिउँसो १ बजेसम्म विभागले दिएको आँकडाअनुसार देशका ४१ स्थानमा भारी वर्षा भइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # सतर्कता जारी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology