Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

पहिरोले घर पुरिँदा एक युवकको मृत्यु

पहिरोले घर पुरिँदा एक युवकको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०८१ बुधवार • १२:५३:०७ बजे
  • 853
    SHARES
  • पहिरोले घर पुरिँदा एक युवकको मृत्यु

    कास्कीको पोखरा महानगरपालिका वडा नम्बर २७ सहेलापाटामा पहिरोले घर पुरिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमला थापाकी २२ वर्षीय छोरा भिमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

    images

    कमलालाई भने प्रहरीले सकुशल उद्धार गरेको छ । आज बिहान करिब ४ बजेतिर घरमाथि पहिरो खस्दा उनीहरु पुरिएका थिए । इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको प्रहरीले उनीहरुलाई ७ बजेतिर उद्धार गरेको थियो ।

    घटनास्थलमा सशस्त्र प्रहरीको मालेपाटनस्थित कालिका गणको टोली पनि खटिएको छ । गत २४ घण्टामा कास्कीको लामापाटन केन्द्रमा देशभरमा सबैभन्दा धेरै १३७ मिलिमिटर वर्षा भएको छ ।

    कास्कीकै चोमरोङ केन्द्रमा ७६ र सिक्लेसमा ५३.८ मिलिमिटर वर्षा मापन भएको छ ।

  • सम्बन्धित विषय:

  • # एक युवकको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology