Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कमला नदीमा फसेका ६ जनाको उद्धार

कमला नदीमा फसेका ६ जनाको उद्धार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २७, २०८१ बुधवार • १२:५४:३३ बजे
  • 457
    SHARES
  • कमला नदीमा फसेका ६ जनाको उद्धार

    सिरहामा कमला नदीमा फसेका ६ जनाको उद्धार गरिएको छ । सिरहाको कल्याणपुर नगरपालिका–६ भोक्रहास्थित कमला नदीमा फसेका ४ जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको सशस्त्र प्रहरीका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए ।

    images

    डीएसपी थापाका अनुसार उद्धार गरिएकाहरु सोही ठाउँ बस्ने ५५ वर्षीय मनिया कापर, ५० वर्षीय सेवक साह, ३७ वर्षीय मोहम्द हाकिम र ३५ वर्षीय अलादिन राई रहेका छन् ।

    दाउरा लिन गएको अवस्थामा एक्कासी पानीको बहाव बढेपछि उनीहरु नदीको बीच भागमा फसेका थिए । बीचमा फसेका उनीहरूको सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले ट्यूव बोटको सहायताले उद्धार गरेको हो ।

    यस्तै कल्‍याण नगरपालिका–२ स्थित कमला नदीको बीच भागमा फसेका २ जनाको सशस्त्र प्रहरीले विहान दिउँसो करिव २ बजे सकुशल उद्धार गरेको छ । धनुषा जिल्लाको कमला नगरपालिका–७ बस्ने ३० वर्षीय विष्णुदेव गोइत र २९ वर्षीय श्यामकुमार महतो वाई.बी.१५ डी ६५७० नम्बरको जेसीबीसहित पानी च्यानालाईज गर्ने क्रममा एक्कासी आएको बाढीका कारण नदीमा फसेका थिए ।

    उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश कल्याणपुरबाट खटिएको सुरक्षा फौजले रबर बोटको सहयोगमा सकुशल उद्धार गरेको हो । उनीहरु उक्त जेसीबीका चालक तथा सह-चालक रहेका छन् ।

  • सम्बन्धित विषय:

  • # ६ जनाको उद्धार
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology