Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

दाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २८, २०८१ बिहिवार • ०५:४४:२६ बजे
  • 1.1K
    SHARES
  • दाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते

    दाङमा भालुको आक्रमणबाट एक महिला गम्भीर घाइते भएकी छिन् ।

    images

    जिल्लाको लमही नगरपालिका–६ स्थित कर्री सामुदायिक वन क्षेत्रमा जङ्गली च्याउ टिप्ने क्रममा भालुको आक्रमणबाट देउपुर निवासी ४६ वर्षीय सहरी घर्ती गम्भीर घाइते भएको नेपाल सशस्त्र प्रहरी ४१ नं। रिजर्भ गण अर्जुन खोलाका प्रहरी नायव निरीक्षक प्रकाश ढकालले जानकारी दिए ।

    उनका अनुसार बिहान करिब साढे पाँच बजे जङ्गली च्याउ टिप्ने क्रममा उनलाई भालुले आक्रमण गरेको थियो । अनुहारमा गम्भीर चोट लागेको छ भने दुवै हात भाँचिएको छ ।

    घाइते घर्तीको लमही अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि बुटवल पठाएको प्रहरीले जनाएको छ। घर्ती पाँच जनाको समूहमा च्याउ टिप्न जङ्गल गएकी थिइन् । उनका दुई जना साथीलाई भालुको नङ्ग्रा लागेको भए पनि भाग्न सफल भएको थिए ।

  • सम्बन्धित विषय:

  • # महिला गम्भीर घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology