Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु

अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ २९, २०८१ शुक्रवार • ०५:००:३७ बजे
  • 685
    SHARES
  • अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु

    अविरल वर्षाले पहिरो जाँदा कास्कीमा एकै परिवारका ७ जनाको मृत्यु भएको छ ।

    images

    पोखरा १९ पुरनचौरमा एकै परिवारका ७ जनाको मृत्यु भएको हो । गएराति १० बजेर २० मिनेटपछि कुल बहादुर परियारको घरमा पहिरो खसेको हो । मृत्यु हुनेमा ४६ वर्षीय कुल बहादुर परियार, ४३ वर्षीय मनु कुमारी परियार, ८५ वर्षीय लक्षीमा परियार, १५ वर्षीय प्रसना परियार छन् ।

    विवाहपछि माइत गएकी कुल बहादुरकी छोरी २० वर्षीय प्रभा परियार र ज्वाईँ २५ वर्षका अस्मित परियारको पनि मृत्यु भएको छ । घटनास्थलमा पोखरा–१९ तल्लाकोट टारी बस्ने वर्ष ५६ कि राधिका परियारको पनि मृत्यु भएको छ । पहिरोमा परेर ३१ वर्षीय कुमार परियार र १७ वर्षका पवन परियार घाइते भएका छन् ।

    पवन कुल बहादुरका छोरा हुन । उनी भागेर बाँच्न सफल भएको कास्की प्रहरीले जनाएको छ । यसैगरी पोखरा ३२ मा चैनपुरमा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ । स्थानीय आरती ओझाको घर पहिरोले पुरिँदा १८ वर्षीय अनिता ओझा र ९ वर्षीय प्रतीक सुवेदीको मृत्यु भएको कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले जानकारी दिए ।

    ११ वर्षीय अनुस्का ओझा बेपत्ता छिन् । यस्तै मादी गाउँपालिका वडा नम्बर ११ मा पहिरोमा पुरिएर ८० वर्षीय माइतीकुमारी गुरुङ पनि बेपत्ता भएकी छिन् ।

    अर्का एकजनालाई सकुशल उद्धार गरिएको छ । मृत्यु भएका सबैको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोस्टमार्टमका लागि राखिएको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ७ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology