Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नदीमा नुहाउन गएका १३ वर्षे बालक बेपत्ता

नदीमा नुहाउन गएका १३ वर्षे बालक बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ ३२, २०८१ सोमवार • ०४:४५:५१ बजे
  • 661
    SHARES
  • नदीमा नुहाउन गएका १३ वर्षे बालक बेपत्ता

    बुटवलको दानव नदीमा नुहाउन गएका १३ वर्षीय बालक डुबेर बेपत्ता भएका छन् । आइतबार दिउँसो चार बजेतिर दुई जना नुहाउन गएकामध्ये बुटवल उपमहानगरपालिका-१२ घर भएका अभिषेक पन्थी वेपत्ता भएका हुन् ।

    images

    पन्थी बुटवल-१३ सालघारीको एक्स आर्मी बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत थिए । विद्यालयको परीक्षा सकेर घर गएपछि उनीहरु नुहाउन भन्दै खोलातिर गएका विद्यालयका प्रिन्सिपल शंकरप्रसाद भट्राईले जानकारी दिए । पन्थीसँग गएका अर्का बालक भने सुरक्षितरुपमा घर फर्केर घटनाबारे जानकारी गराएका थिए ।

    बुटवल १२ र १५ को सिमानामा पर्ने टान्सपोर्ट भिलेज नजिकैको दानव खोलामा हालै मात्र नदीजन्य पदार्थ उत्खनन्को क्रममा बनेको गहिरो खाडल ताल जस्तै बनेको र त्यहीं विद्यार्थी डुबेको स्थानीयको भनाइ छ । विद्यार्थी वेपत्ता भएको १६ घण्टासम्म पनि उनको अवस्था पत्ता लगाउन नसक्दा बुटवल उपमहानगरपालिकाको विपद् व्यवस्थथापन क्षमतामाथि गम्भीर प्रश्न उठेको वडावासीहरुको गुनासो छ ।

    सशस्त्र प्रहरी र स्थानीय बासिन्दा बेपत्ता बालकको खोजीमा रहेपनि सोमबार बिहान साडे ८ बजेसम्म फेला नगरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितले बताए ।

    नदीजन्य पदार्थ उत्खनन्का क्रममा गहिरो खाडल भएका स्थानहरू पहिचान गरी जोखिम क्षेत्र तोकेर त्यस्ता ठाउँमा जान प्रतिबन्ध गरेको भए यस्ता घटना रोकिने स्थानीयहरुको तर्क छ । यसअघि तिलोत्तमामा पनि स्थानीय तहले ठेक्का लगाएको ठाउँमा गहिरो खाडल खनिएकाले डुबेर एक जनाको ज्यान गएको थियो ।

  • सम्बन्धित विषय:

  • # १३ वर्षे बालक बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology