Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

जङ्गलमा छाडिएका ७० वर्षीय वृद्धको उद्धार

जङ्गलमा छाडिएका ७० वर्षीय वृद्धको उद्धार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०८१ बुधवार • ०४:१८:३१ बजे
  • 916
    SHARES
  • जङ्गलमा छाडिएका ७० वर्षीय वृद्धको उद्धार

    मोरङको बेलबारी ७ का ७० वर्षीय जामुनलाल झाँगडलाई आफ्नै छोराबुहारीले जङ्गलमा छोडेको पाइएको छ । चार दिन अगाडि छोराबुहारीले मोटरसाइकलमा हालेर बेलबारी चिसाङ साझेदारी जङ्गलको बिचमा छोडेको उनले बताएका हुन् ।

    images

    उनले चारदिन जङ्गलमै रात कटाएका थिए । बेलबारी चिसाङ साझेदारीको गस्ती टोलीले मंगलबार बिहान वृद्धलाई भेटेर उद्धार गरेको हो । उनलाई सब डिभिजन वन कार्यालय सलकपुरका गणेश कार्की, राजेन्द्र घिमिरे, बेलबारी चिसाङ साझेदारीको कमान्डर मुरारी काफ्ले तथा बेलबारी नगरपालिकाका सन्तोष विकसहितको टोलीले उद्धार गरेको थियो । उद्धारपछि उनलाई बेलबारी नगर अस्पतालमा उपचार गराइरहेको वन समितिका अध्यक्ष दिनेश गिरीले बताए ।

    ‘चार दिनअगाडि नै बिच जंगलमा लगेर छाडिदिएका रहेछन् । वन क्षेत्र निगरानीमा गएका साथीहरूले फेला पारी लिएर आउनुभएछ,’ उनले भने, ‘छोराबुहारीले नै मोटरसाइकलमा बसाएर बिच जंगलमा लगेर छाडिदिएको उनले बताएका छन् ।’ वृद्धलाई दुईतिर बोरामा घोचा हालेर प्राथमिक स्ट्रेचर बनाई गाडी पुग्ने स्थानसम्म ल्याएर उपचारको लागि अस्पताल भर्ना गरिएको हो । वृद्धको शरीरको भागमा चोट देखिएको र उनी धेरै बोल्न नसक्ने अवस्थामा रहेको गिरीले बताए ।

    बेलबारी नगरपालिका–७, डाँगी टोलमा बस्दै आएका वृद्धका छोराबुहारीको खोजी भइरहेको वडाध्यक्ष सुनिता चौधरीले बताइन् । घटनाको बारेमा सोधिखोजी सुरु गरेको उनले बताइन् । चौधरीका अनुसार बेलबारी ७ स्थित एक आफन्त कहाँ आउजाउ गरिरहने वृद्ध सुन्दरहरैँचास्थित कोरियाडाँगी भन्ने ठाउँमा बस्दै आएका थिए । जेठो छोरासँग बस्दै आएका उनका कान्छा छोरा भने भारतको पञ्जाबमा रोजगारका सिलसिलामा रहेको बताइएको छ ।

    एक साताअघि छोराकोमा जान्छु भनेर बेलबारीस्थित आफ्नाको घरबाट हिँडेका वृद्धलाई त्यसपछि जंगलमा छाडिएको हुनसक्ने वडाध्यक्ष चौधरीले जानकारी दिइन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार वृद्धका परिवारको खोजी भइरहेको छ । सेतै फुलेका दाह्री र कपाल रहेका वृद्ध पातलो टिसर्ट र हाफपाइन्टमा फेला परेका थिए । उनले चार दिनदेखि पानी मात्र पिएर बसेको बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology