Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गणपति डिलक्स बसका चालक र सहचालकको शव १०३ किलोमिटर टाढा भेटियो

गणपति डिलक्स बसका चालक र सहचालकको शव १०३ किलोमिटर टाढा भेटियो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २, २०८१ बुधवार • ०४:५८:३१ बजे
  • 634
    SHARES
  • गणपति डिलक्स बसका चालक र सहचालकको शव १०३ किलोमिटर टाढा भेटियो

    नारायणगढ–मुग्लिन सडक खण्डको सिमलतालमा असार २८ गते बिहान आएको पहिरोमा परेर त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमध्ये गणपति डिलक्स बसका चालक र सहचालकको शव फेला परेको प्रहरीले जनाएको छ ।

    images

    काठमाडौंबाट गौरतर्फ जाँदै गरेको बाग्मती प्रदेश ०३–०११ ख २५९५ नम्बरको गणपति डिलक्स बसका चालक रौतहटको परोहा नगरपालिका वडा नं ६ का ३५ वर्षीय किशोरकुमार चौधरी र सहचालक चपुर नगरपालिका १० का ४८ वर्षीय ऋषिकुमार सिंहको शवलाई परिवारका सदस्यहरुले सनाखत गरेका हुन् । उनीहरु दुवैको शव नेपाल–भारत सीमा क्षेत्रको गण्डक ब्यारेज नजिकै फेला परेको थियो । जुन घटनास्थलभन्दा १०३ किलोमिटर पर हो ।

    जिल्ला प्रशासन कार्यालय चितवनले दिएको जानकारी अनुसार अहिलेसम्म १७ वटा शव फेला परेका छन् भने ९ वटा शवको मात्र सनाखत भएको छ । ८ शवको सनाखत हुन बाँकी छ । भेटिएका शवहरुमध्ये १५ जना पुरुष र २ महिलाका छन् । सनाखत भएकामा ६ जना नेपाली र ३ जना भारतीय छन् ।

    १७ मध्ये १४ वटा शव पूर्वी नवलपरासीको नारायणी नदीको तटीय क्षेत्रमा भेटिएका हुन् । असार ३१ गते भेटिएका ५ र साउन १ गते भेटिएका ३ शवको सनाखत हुन बाँकी छ । अझै ४५ यात्रुको अवस्था अज्ञात छ । ६ दिन अगाडि त्रिशूली नदीमा खसेका दुईवटा बसको सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार र नेपाली सेनाको विपद् व्यवस्थापन गण रसौलीका तालिमप्राप्त सुरक्षाकर्मीहरुले विभिन्न प्रविधिको प्रयोग गरेर खोेजी गरे पनि अहिलेसम्म बस भेटाउन सकिएको छैन ।

    यात्रु तथा बसको खोजीका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरी गरी झण्डै ५ सय जना सुरक्षाकर्मीहरु परिचालित छन् । त्रिशुलीमा खसेका दुबै बसमा गरेर ६५ यात्रु थिए । तीमध्ये ३ जना पौडिएर बाँच्न सफल भएका थिए ।

  • सम्बन्धित विषय:

  • # चालक र सहचालक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology