Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

धमलामाथि आक्रमण गर्ने ७ जना सार्वजनिक

धमलामाथि आक्रमण गर्ने ७ जना सार्वजनिक

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०८१ शुक्रवार • ०५:४६:३३ बजे
  • 616
    SHARES
  • धमलामाथि आक्रमण गर्ने ७ जना सार्वजनिक

    सुनसरीको धरानकी संजिता धमलालाई सार्वजनिक स्थलमा आक्रमण गर्ने ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

    images

    धरानस्थित वी.पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्न एक्सरेको लाइनमा बसिरहेको अवस्थामा धमलालाई सात जना महिलाको समूहले आक्रमण गरेको थियो ।

    आक्रमणमा संलग्नविरुद्ध धमलाले दिएको जाहेरीका आधारमा अनुसन्धान अघि बढाइएको र अभद्र व्यवहारसम्बन्धी कसूरमा पक्राउ गरिएका ७ जनालाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप अनुमति लिएको सुनसरी प्रहरीले जनाएको छ ।

    सो घटनामा संलग्न भएको भन्दै प्रहरीले धरान–१५ की ४२ वर्षीय चन्द्रकला थेवे, धरान १९ की ३४ वर्षीय मुना राई, धरान १७ की ५६ वर्षीय प्रमिला राई, धरान ११ की ४५ वर्षीय शर्मिला राई, धरान १ की ५२ वर्षीय शर्किनी थापा मगर, धरान १७ की ४० वर्षीय पूर्ण वान्तावा राई र ३५ वर्षीय सिर्जना बेघालाई पक्राउ गरी कारबाही अगाडि बढाएको हो ।

    घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # ७ जना सार्वजनिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology