Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

छुट्टाछुट्टै ठाउँमा डुबेर ३ जनाको मृत्यु

छुट्टाछुट्टै ठाउँमा डुबेर ३ जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ४, २०८१ शुक्रवार • १३:२०:३५ बजे
  • 1.0K
    SHARES
  • छुट्टाछुट्टै ठाउँमा डुबेर ३ जनाको मृत्यु

    पोखराका छुट्टाछुट्टै ठाउँमा डुबेर ३ जनाको मृत्यु भएको छ । हर्पन खोलामा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको हो ।

    images

    शुक्रबार दिउँसो पौडी खेल्न गएका पोखरा १ मोहरिया टोल बस्ने १८ वर्षीय प्रकृत बुद्धचार्य र पोखरा २ बाग्लुङ बसपार्क बस्ने १८ वर्षीय स्वयम् ताम्राकारको मृत्यु भएको हो ।

    दुबैजनाको शव सशस्त्र प्रहरी बल कालिका गणबाट खटिएको विपद् व्यवस्थापन तथा गोताखोर टोलीले निकालेर पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको सशस्त्र प्रहरी वल कालिका गणका एसपी अरुण शर्माले जानकारी दिए ।

    यस्तै, पोखरा २६ गुदेतालमा डुबेर एक बालकको मृत्यु भएको छ ।

    प्रगतिटोल बस्ने ३४ वर्षीय विकास परियारका छोरा ६ वर्षीय सचिन परियार बुवासँग माछा मारेको हेर्न गएकोमा अचानक तालमा डुबेर मृत्यु भएको कास्की प्रहरी प्रवक्ता वसन्त शर्माले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # ३ जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology