Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

सर्भर डाउन हुँदा विश्वभरि उडान प्रभावित, नेपालमा परेन असर

सर्भर डाउन हुँदा विश्वभरि उडान प्रभावित, नेपालमा परेन असर

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ५, २०८१ शनिवार • ०४:५८:०२ बजे
  • 1.7K
    SHARES
  • सर्भर डाउन हुँदा विश्वभरि उडान प्रभावित, नेपालमा परेन असर

    माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा शुक्रबार विश्वभरिका वायुसेवा कम्पनी, मिडियासहितको सेवा प्रभावित भयो । तर, यसले नेपालमा भने कुनै असर नपारेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

    images

    विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये टर्किस एयरलाइन्सले यो सफ्टवेयर प्रयोग गरिरहेको छ । तर, उसको आज (शुक्रबार) र भोलि (शनिबार) काठमाडौं उडान छैन ।

    अन्य वायुसेवा कम्पनीमा भने माइक्रोसफ्टको सफ्टवेयर प्रयोग नभएका कारण काठमाडौं उडानमा कुनै प्रभाव नपरेको निरौलाले जानकारी दिए । नेपालको छिमेकी भारतमा भने धेरै उडान आज रद्ध भएका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार हैदरावाद विमानस्थलमा मात्र ३० उडान रद्ध भएका छन् ।

    जसमा स्पाइस जेट र आकाशा एयरसहितका कम्पनीका उडान छन् । भारतमा अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत प्रभावित बनेका छन् । सर्भर डाउन हुँदा सबैभन्दा धेरै असर अमेरिका, अस्ट्रेलिया सहितका देशमा परेको समाचारमा उल्लेख छ ।

  • सम्बन्धित विषय:

  • # नेपालमा परेन असर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology