Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

विश्वभर बिजुलीको माग २० वर्षयताकै उच्च,मागको ट्रेण्ड सन् २०२५ सम्म जारी रहने

विश्वभर बिजुलीको माग २० वर्षयताकै उच्च,मागको ट्रेण्ड सन् २०२५ सम्म जारी रहने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ७, २०८१ सोमवार • ०४:१६:५८ बजे
  • 1.2K
    SHARES
  • विश्वभर बिजुलीको माग २० वर्षयताकै उच्च,मागको ट्रेण्ड सन् २०२५ सम्म जारी रहने

    विश्वभर बिजुलीको माग पछिल्लो २० वर्षयताकै अत्यधिक बढ्ने प्रक्षेपण सार्वजनिक भएको छ । यसको मुख्य कारण जलवायु परिवर्तनका कारण बढ्दो तापक्रम हो । गर्मी बढेसँगै विश्वभर एयर कन्डिसन (एसी)को माग पनि अत्यधिक बढेको छ । त्यसलाई चलाउन बिजुली चाहिने भएकाले बिजुलीको माग २० वर्षयताकै बढी हुने अनुमान गरिएको हो ।

    images

    अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)ले हालै सार्वजनिक गरेको एक रिपोर्टमा बिजुलीको बढ्दो मागले विगत २० वर्षको रेकर्ड यस वर्ष तोडिने उल्लेख छ । साथै बिजुलीको बढ्दो मागको ट्रेण्ड सन् २०२५ सम्म जारी रहने छ । बढ्दो गर्मीसँगै बिजुलीको माग पनि बढेका कारण कोइला र नवीकरणीय ऊर्जामार्फत् विद्युत् उत्पादन गर्ने क्रम पनि बढ्ने अनुमान छ ।

    यस वर्ष विश्वको तापक्रमले अहिलेसम्म भएको रेकर्डलाई तोडेको थियो । नेपालसहित विभिन्न देशहरुले अप्रत्यासित तातो हावाको लहर झेल्नु परेको थियो । त्यससँगै विद्युत ग्रिडहरुलाई अविछिन्न बिजुली आपूर्ति गर्न दबाब परेको थियो । एआईले पनि बढाएको छ बिजुलीको माग अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए)का इनर्जी मार्केट्स एण्ड सिक्योरिटीका निर्देशक केसुके सादामोरीले भनेका छन्, ‘यस वर्ष र आगामी वर्ष विश्वभर बिजुलीको मागमा बढोत्तरी विगत दुई दशकयताकै सबैभन्दा बढी हुने छ । यसले हाम्रो अर्थव्यवस्थामा बिजुलीको बढ्दो भूमिका र अत्यधिक तातो लहरको असरलाई देखाउँछ ।’

    आईईएका अनुसार आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले बढ्दो प्रयोगको कारण पनि निरन्तर बिजुली आपूर्तिको माग बढेको छ । आईईएका अनुसार सन् २०२४ मा विश्वभर बिजुलीको माग सरदर चार प्रतिशतले बढ्ने अनुमान छ । यो सन् २००७ यताकै सबैभन्दा बढी हो । सन् २०२५ मा पनि यही अवस्था रहने अनुमान छ । यसको तुलनामा सन् २०२३ मा विश्वभर बिजुलीको माग केबल २.५ प्रतिशत वृद्धि भएको अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको तथ्यांक छ । एजेन्सीको तथ्यांक अनुसार यसै वर्ष बिजुलीको माग सबैभन्दा धेरै भारतमा हुने अनुमान छ । सन् २०२४ भारतमा ८ प्रतिशतले बिजुलीको माग बढ्ने अनुमानित तथ्यांक छ । चीनमा भारतको भन्दा दुई प्रतिशत कम अर्थात् ६ प्रतिशतले बिजुलीको माग बढ्ने अनुमान छ ।

    चीनमा सन् २०२३ मा ७ प्रतिशतले बिजुलीको माग बढेको थियो । यसैगरी अमेरिकामा यस वर्ष तीन प्रतिशतले बिजुलीको माग बढ्ने अनुमान छ । युरोपेली युनियनमा विगत दुई वर्षदेखि बिजुलीको माग घटिरहेको थियो । तर यस वर्ष बिजुलीको माग १.७ प्रतिशतले बढ्ने एजेन्सीको तथ्यांकमा उल्लेख छ । तर यो वृद्धि जारी रहन्छ कि रहँदैन भन्ने निश्चित छैन । आईईएका अनुसार आगामी वर्षमा अक्षय ऊर्जा (नवीकरणीय ऊर्जा) को उत्पादन पनि ह्वात्तै बढ्ने अनुमान छ ।

    सन् २०२५ मा विश्वको आपूर्तिमा यसको हिस्सेदारी ३५ प्रतिशत हुने अनुमान छ । जबकी सन् २०२३ मा केबल यसको हिस्सा ५ प्रतिशत मात्र थियो । नवीकरणीय ऊर्जामा शौर्य र वायु ऊर्जाको स्थान सबैभन्दा बढी हुनेछ । यसैगरी सन् २०२५ मा अक्षय ऊर्जाको कूल उत्पादनले कोइलामा आधारित बिजुलीलाई पछि पार्ने अनुमान छ । तर सन् २०२४ मा भने कोइलाकै दबदबा कायम रहने छ ।

  • सम्बन्धित विषय:

  • # २०२५ सम्म जारी रहने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology