Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

वर्षाका कारण घर भत्किँदा एकै परिवारका ८ जना घाइते

वर्षाका कारण घर भत्किँदा एकै परिवारका ८ जना घाइते

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०८१ शुक्रवार • ०३:५१:११ बजे
  • 787
    SHARES
  • वर्षाका कारण घर भत्किँदा एकै परिवारका ८ जना घाइते

    जाजरकोटमा वर्षाका कारण घर भत्किँदा ८ जना घाइते भएका छन् । जाजरकोट प्रहरीका अनुसार गए राति १ बजेतिर छेडागाड नगरपालिका–१२ काडागाउँका स्थानीय पदम अधिकारीको घर भत्किएको थियो ।

    images

    चार कोठा रहेको एक तले उक्त कच्ची घर भत्किँदा घरमा बस्ने ८ जना घाइते भएका हुन् । घाइते हुनेमा घरधनी ३५ वर्षीय पदम अधिकारी, १० वर्षीय दिनेश अधिकारी, ३० वर्षीय सरिता अधिकारी, १४ वर्षीय नवीन अधिकारी, ६५ वर्षकी भिरकुली अधिकारी, १५ वर्षीय सुजता अधिकारी, १६ वर्षीय संगिता अधिकारी र १४ वर्षीय नवराज अधिकारी रहेका छन् ।

    घाइते भएका सबै एउटै परिवारका हुन् । घाइते संगिता र नवराजको अवस्था सामान्य रहेको र उनीहरू घरमै छन् । बाँकी ६ जनालाई उपचारका लागि जिल्ला अस्पताल जाजरकोट पठाइएको जाजरकोटका प्रहरी प्रमुख पुरुषोत्तम प्रसाद पाण्डे बताए ।

    यस्तै घाइते सरिता र दिनेशको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै घर भत्किँदा उक्त घरको गोठमा बाँधी राखेका ३ वटा बाख्रा पुरिएर मृत्यु भएको छ ।

  • सम्बन्धित विषय:

  • # परिवारका ८ जना घाइते
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology