Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला

खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ११, २०८१ शुक्रवार • ०३:५६:१७ बजे
  • 697
    SHARES
  • खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला

    गुल्मीमा निस्ती खोलाले बगाएर बेपत्ता भएका पुरुष मृत फेला परेका छन् ।

    images

    जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर–२ निवासी ३१ वर्षका बोमबहादुर कार्की मृत फेला परेका हुन् । उनी निस्ती खोला तर्ने क्रममा साउन ५ गते बेपत्ता भएका थिए ।

    नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले खोज्ने क्रममा मुसिकोट नगरपालिकाको वडानम्बर–४ दोभानस्थित छल्दी खोला किनारमा कार्कीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डिएसपी) शंकर पोखरेलले बताए ।

    उनी मुसिकोट नगरपालिका वडानम्बर–१ अरेवा घर भई हाल वडा नम्बर–२ निस्तीस्थित मामाघरमा बस्दै आएका थिए । ‘ख’ वर्गको अपाङ्गता परिचयपत्र बाहक कार्की इस्मा गाउँपालिका–१ स्थित खेतबाट फर्किने क्रममा खोला तर्दा बगेका थिए ।

  • सम्बन्धित विषय:

  • # पुरुष मृत फेला
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology