Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गोरखाको धार्चेमा पहिरोले पुरिएर ३ जना बेपत्ता

गोरखाको धार्चेमा पहिरोले पुरिएर ३ जना बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०८१ आइतवार • ०४:०५:३७ बजे
  • 613
    SHARES
  • गोरखाको धार्चेमा पहिरोले पुरिएर ३ जना बेपत्ता

    गोरखाको धार्चेमा पहिरोका कारण पुरिएर ३ जना बेपत्ता भएका छन् ।

    images

    धार्चे गाउँपालिका ५ रेसा भन्ने गाउँमा पहिरोले घर र गोठ बगाएको प्रहरीले जनाएको छ । पहिरोमा ५ जना परेकामा २ जनाको उद्धार भैसकेको र बाँकी हराएको गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए ।

    उनका अनुसार ३ जना अझै पहिरोमै छन् । ‘एउटा गोठ हो । अर्को घर कि पसल भन्ने खुलेको छैन,’ उनले भने, ‘पहिरोमा ५ जना परेका र २ जनाको जीवितै उद्धार भएको भनिएको छ ।’

    माछीखोला र लाप्राकबाट प्रहरी घटनास्थलतर्फ गएको उनले बताए । ‘घटना भएको थाहा पाएपछि टोली परिचालन भएको छ,’ उनले भने, ‘प्रहरी पुगेपछि विस्तृत जानकारी आउँछ ।’

  • सम्बन्धित विषय:

  • # २३ जना बेपत्ता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology