Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दार्चुलाकी किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता

दार्चुलाकी किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०८१ आइतवार • ०४:१२:११ बजे
  • 724
    SHARES
  • दार्चुलाकी किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता

    दार्चुलाकी एक किशोरी महाकाली नदीमा हाम फालेर बेपत्ता भएकी छन् ।

    images

    जिल्ला प्रहरी कार्यालय दार्चुलाका इन्सपेक्टर एवम् प्रवक्ता ज्ञानेन्द्र सिंहका अनुसार शनिबार साँझ करिब सवा ६ बजेतिर दुहु गाउँपालिका-४ थारा बस्ने १७ वर्षीया किशोरी धनिसा कुँवरले महाकाली नगरपालिका-४ रिङ्नेताल भन्ने ठाउँबाट नदीमा हाम फालेकी थिइन् ।

    प्रहरीका अनुसार उनी हाम फाल्न भनेर नदीको डिलमा पुगेको भनेर स्थानीयले खबर गरेका थिए । लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिएको थियो । प्रहरी र स्थानीयले उनलाई सम्झाइबुझाइ गरेका थिए । तर, नमानेपछि उनलाई समात्न एक प्रहरी नजिकै गएका थिए ।

    त्यही बेला कुँवरले नदीमा हाम फालेकी थिइन् । लगत्तै खोजीकार्य सुरु गरे पनि उनी फेला नपरेकी प्रहरीले जनाएको छ । उनको घरका परिवारका सदस्यहरुसँग बुझ्दा पनि उनी हाम फाल्नुको कारण नखुलेको दार्चुला प्रहरी प्रवक्ता सिंहले जानकारी दिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology