Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गुडिरहेको ट्रकमा आगलागी

गुडिरहेको ट्रकमा आगलागी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १३, २०८१ आइतवार • ०६:१४:१० बजे
  • 688
    SHARES
  • गुडिरहेको ट्रकमा आगलागी

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको भएको छ। महेन्द्रनगरबाट दाङको लमही आउँदै गरेको सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैँ आगलागी भई जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

    images

    जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले लमही नगरपालिका – ९ चाउखोला नजिकको जङ्गल यरिङ सर्ट भएर आगो लागेको भएको बताए ।

    एसपी केसीले ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा चालक कञ्चनपुर जिल्लाको कृष्णनगर नगरपालिका – २ का ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएको बताए । खाली ट्रक सिमेन्ट लिनको लागि लमही आउँदै थियो । घटनामा चालकको हातमा सामान्य जलन भएको छ ।

    आगो लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो । चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ।

  • सम्बन्धित विषय:

  • # ट्रकमा आगलागी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology