Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

विपद्‍मा परी १५० जनाको मृत्यु

विपद्‍मा परी १५० जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण १९, २०८१ शनिवार • १३:५१:५७ बजे
  • 577
    SHARES
  • विपद्‍मा परी १५० जनाको मृत्यु

    वर्षासहितको विपदका कारण मनसुन सुरु भएपछि (२८ जेठयता) १५० जनाको मृत्यु भएको छ ।

    images

    बाढी, पहिरोलगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा २९ जना, गण्डकी प्रदेशमा ४२ जना, लुम्बिनी प्रदेशमा २७ जना, कर्णाली प्रदेशमा ८ जना र सुदूरपश्चिम प्रदेशमा १० जना गरी जम्मा १५० जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

    काठमाडौं उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेश प्रदेशमा १० जना, बागमती प्रदेशमा १० जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा ११ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्‍चिम प्रदेशमा १४ जना गरी जम्मा १७७ जना घाइते भएका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ ।

    साथै काठमाडौं उपत्यकामा २६ जना, कोशी प्रदेशमा ४९ जना, बागमती प्रदेशमा १२ जना, गण्डकी प्रदेशमा १४ जना, कर्णाली प्रदेशमा २ जना र सुदूरपश्‍चिम प्रदेशमा ५ जना गरी जम्मा १०८ जनाको उद्दार गरिएको छ । बाढी पहिरोमा परी कोशी प्रदेशमा २ जना, बागमती प्रदेशमा ४२ जना, गण्डकी प्रदेशमा २ जना, लुम्बिनी प्रदेशमा २ जना र कर्णाली प्रदेशमा १ जना गरी ४९ जना वेपत्ता भएका नेपाल प्रहरीको तथ्यांक छ ।

    बाढीको कारण जम्मा ३८४ घर डुबानमा परेका छन् । २५९ वटा घर, ९५ वटा गोठ, ४३ वटा पुल, २ वटा विद्यालय र २ वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । ७४३ वटा पशु चौपायाको मृत्यु भएको छ । उक्त अवधिमा विपद्‍का घटनाबाट ४ हजार २१९ घर परिवार विस्थापित भएका छन् ।

  • सम्बन्धित विषय:

  • # १५० जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology