Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

गजुरीमा माइक्रोमाथि पहिरो खस्यो

गजुरीमा माइक्रोमाथि पहिरो खस्यो

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २१, २०८१ सोमवार • ०४:१७:३५ बजे
  • 691
    SHARES
  • गजुरीमा माइक्रोमाथि पहिरो खस्यो

    धादिङको गजुरीमा पहिरो खस्दा माइक्रोमा क्षति पुगेको छ । धादिङबाट काठमाडौँको लागि छुटेको विद्युतीय माइक्रोमाथि गजुरी गाउँपालिका-५ पोखरे खोला नजिक पहिरो खसेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

    images

    महेन्द्र राजमार्ग अन्तर्गतको सडक खण्ड भएर काठमाडौँ तर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ च ६५१२ नम्बरको माइक्रो सडकको माथिबाट खसेको पहिरोमा परेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रले जानकारी दिए ।

    उनका अनुसार घटनाको पूर्ण विवरण प्राप्त भई नसकेको र उद्धार कार्य भइरहेको छ । पहिरोमा परेका मध्ये ४/५ जनालाई नजिकैको स्वास्थ्य संस्थामा उपचारका लागि पठाइएको उनले बताए ।

  • सम्बन्धित विषय:

  • # पहिरो खस्यो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology