Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

साँढेले हान्दा एक महिलाको मृत्यु

साँढेले हान्दा एक महिलाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०८१ शनिवार • ०५:००:०३ बजे
  • 865
    SHARES
  • साँढेले हान्दा एक महिलाको मृत्यु

    बुटवलमा छाडा साँढेले हान्दा एक महिलाको मृत्यु भएको छ । साँढेले हानेर गम्भीर घाइते भएकी गुल्मीकी ४५ वर्षीया सीता पाण्डेको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको हो ।

    images

    गुल्मीको रेसुंगा नगरपालिका ४ घर भएकी सीता बुटवल उपमहानगरपालिका–३ गोलपार्कमा भाडामा बसेर पुल्चोक नजिक खाजा पसल चलाउँदै आएकी थिइन् । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी विजयराज पण्डितका अनुसार साउन २० गते डेरी पसलमा दूध लिन जाने क्रममा सीता सडकमा जुधिरहेका छाडा साँढेको आक्रमणमा परेकी हुन् ।

    दुई वटा साँढे जुध्दै गरेका बेला दूध लिन हिंडेकी सीतालाई साँढेले कुल्चिएपछि घाइते भई लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

    बुटवल उपमहानगरले बुटवलकै शिवनगर सामुदायिक वनभित्र गौशाला बनाई छाडा चौपाया राख्ने गरेपनि पूर्णरुपमा नियन्त्रण नहुँदा सडकमा सवारी साधन दुर्घटनाको समेत जोखिम छ ।

  • सम्बन्धित विषय:

  • # महिलाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology