Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै १ करोड, बालक धेरै

नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै १ करोड, बालक धेरै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २६, २०८१ शनिवार • ०७:३१:३६ बजे
  • 1.3K
    SHARES
  • नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै १ करोड, बालक धेरै

    नेपालमा १८ वर्ष मुनिको जनसंख्या झन्डै एक करोड रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना अन्तर्गत शुक्रबार बालबालिकासँग सम्बन्धित तथ्यांक सार्वजनिक गरेको छ ।

    images

    जस अनुसार देशभर ९८ लाख ६९ हजार ५८३ जना बालबालिका (० देखि १७ वर्षसम्म) रहेको देखिएको छ । यो कुल जनसंख्याको ३३.८ प्रतिशत हिस्सा हो । जनगणना अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७९ जना रहेको छ ।

    बालबालिकामध्ये बालकको संख्या धेरै देखिएको छ । कुल जनसंख्यामा भने पुरुषको तुलनामा महिला धेरै छन् । कार्यालयका अनुसार देशभर रहेको बालबालिको संख्यामध्ये बालक ५१.८ प्रतिशत र बालिका ४८.२ प्रतिशत रहेका देखिन्छ ।

    कुल जनसंख्यामा भने पुरुषको तुलनामा महिलाको जनसंख्या ६.५ लाखले धेरै देखिएको छ । बालबालिकाको मात्र हिसाव गर्दा बालकभन्दा बालिका ३.६ लाख कम छन् ।

    बालबालिकामध्ये १० देखि १४ वर्षसम्मका बालबालिकाको संख्या अधिक देखिएको छ । यस वर्गमा कुल बालबालिकाको २९.५ प्रतिशत हिस्सा देखिन्छ । त्यसपछि क्रमशः ५ देखि ९, ४ वर्ष भन्दा कम र १५ देखि १७ वर्षसम्मका बालबालिका देखिएका छन् ।

  • सम्बन्धित विषय:

  • # १ करोड, बालक धेरै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology