Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

गायक प्रकाश तिमिल्सिनाको निधन

गायक प्रकाश तिमिल्सिनाको निधन

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २७, २०८१ आइतवार • ०४:०५:५३ बजे
  • 610
    SHARES
  • गायक प्रकाश तिमिल्सिनाको निधन

    गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ । तिमिल्सिना ललितपुर महानगरपालिका-१८ आदिनाथ मार्गस्थित आफ्नै कोठामा मृत अवस्थामा फेला परेको ललितपुर प्रहरी प्रवक्ता नरेशराज सुवेदीले जानकारी दिए ।

    images

    सुवेदीका अनुसार तिमिल्सिना शनिबार राति ९ बजेतिर बेडमा मृत भेटिएका हुन् । उनको शव पोस्टमार्टमका लागि पाटन अस्पतालमा राखिएको छ ।

    तिमिल्सिनाका ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ ‘, ‘तिम्रो हातको सिन्दूर’, ‘जुन भन्दिन’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका गीतहरू चर्चित छन् ।

    तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’बाट उदाएका थिए । उनको आजै पशुपतिमा अन्त्येष्टि गर्ने पारिवारिक स्रोतले जनाएको छ । त्यसअघि उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानमा राखिनेछ ।

  • सम्बन्धित विषय:

  • # तिमिल्सिनाको निधन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology