Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

एक महिलाको हत्या श्रीमान पक्राउ

एक महिलाको हत्या श्रीमान पक्राउ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण २८, २०८१ सोमवार • ०४:२६:५५ बजे
  • 514
    SHARES
  • एक महिलाको हत्या श्रीमान पक्राउ

    अंश विवादमा मोरङको सुन्दरहरैँचामा एक महिलाको हत्या भएको छ । प्रहरीका अनुसार सुन्दरहरैँचा नगरपालिका–१० बाघझोडाकी ४१ वर्षीया पवित्रा फुयाँल नेपालको हत्या भएको हो ।

    images

    हत्यामा संलग्नको आरोपमा प्रहरीले उनका श्रीमान ५८ वर्षीय लक्ष्मण नेपाललाई पक्राउ गरेको छ ।

    सामान्य विवादमा लक्ष्मणले आइतबार बिहान ११ बजेतिर श्रीमतीमाथि खुकुरी प्रहार गरेको पाइएको प्रहरीको भनाइ छ । खुकुरी प्रहारबाट गम्भीर घाइते महिलाको नोबेल शिक्षण अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको थियो ।जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार अंश विवादका कारण उक्त घटना भएको हो ।

    नेपाल दम्पतीले किनेको १६ धुर जग्गा किनेर पवित्राको नाममा थियो । दुई जनाबीच झगडा भएपछि एक अर्काविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए ।

    लक्ष्मणले अदालतमा जग्गा रोक्कासम्बन्धी मुद्दा हालेका थिए । पवित्राले घरेलु हिंसा र मानाचामल सम्बन्धी मुद्दा दर्ता गरेकी थिइन् । तर अदालतले दुवैलाई मिलापत्र गराएको थियो ।

    मिलापत्रपछि पनि माइत बसेकी श्रीमतीलाई मिलेर बस्नुपर्छ भन्दै लक्ष्मणले घरमा बोलाएर आइतबार खुकुरी प्रहार गरेको प्रहरीले बताएको छ । पत्नीको हत्यामा संलग्न भएको आरोपमा लक्ष्मणलाई घरबाटै पक्राउ गरेको डीएसपी बस्नेतले बताए ।

    प्रहरीले नाबालिकाको हत्या आरोपमा सुनसरीको इटहरीबाट एक जनालाई पक्राउ गरेको छ ।

    शनिबार इहटरी उपमहानगरपालिका– ५ मा डेढ वर्षीया नाबालिका आइन्सु लुइँटेलको हत्यामा संलग्न भएको आरोपमा ३० वर्षीय शालिग्राम लुईंटेल पक्राउ परेका हुन् । शालिग्राम आइन्सुका काका हुन् ।

    शनिबार अपरान्ह इटहरी–५ मा डेरा गरी बस्दै आएका लुईंटेलले दाजु नवराज लुईंटेलको डेढ बर्षीया छोरी आइन्सु लुईंटेललाई आफ्नै डेरामा धारीलो ब्लेडले काटेर हत्या गरेका प्रहरीको भनाइ छ ।घटनालगत्तै प्रहरीले लुईंटेललाई पक्राउ गरेको छ ।

  • सम्बन्धित विषय:

  • # श्रीमान पक्राउ
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology