Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

म्याग्दी कालीमुलमा फेला परेको कङ्काल प्रयोगशालामा पठाइँदै

म्याग्दी कालीमुलमा फेला परेको कङ्काल प्रयोगशालामा पठाइँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३०, २०८१ बुधवार • ०५:३८:५३ बजे
  • 709
    SHARES
  • म्याग्दी कालीमुलमा फेला परेको कङ्काल प्रयोगशालामा पठाइँदै

    म्याग्दीको बेनी नगरपालिका–९ स्थित आङ्खखेत कालीमुलको जङ्गलमा भेटिएको कङ्काल प्रहरीले परीक्षण गर्ने भएको छ । कङ्काल परीक्षणको लागी प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाउन लागिएको म्याग्दीका डीएसपी भरत श्रेष्ठले बताए ।

    images

    उनले भने–‘डीएनए परीक्षण गर्न काठमाडौँ स्थित केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाउँछौँ ।’ साउन २८ मा कालीमुलको जङ्गलमा गाडेको अवस्थामा कङ्काल भेटिएको थियो ।

    २०८० पुस १६ मा बेपत्ता भएकी बेनी नगरपालिका–घतानकी १९ वर्षीय मिना परियारका आफन्तले सो कङ्काल उनको भएका दाबी गरेका छन् । तर, परीक्षण पछि मात्रै त्यसबारे यकिन गर्न सकिने डीएसपी श्रेष्ठले बताए ।

  • सम्बन्धित विषय:

  • # कङ्काल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology