Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भगवान‍्को नाममा ३३ रोपनी सरकारी जग्गा हडपियो, अदालतमा पुग्यो मुद्दा

भगवान‍्को नाममा ३३ रोपनी सरकारी जग्गा हडपियो, अदालतमा पुग्यो मुद्दा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

श्रावण ३१, २०८१ बिहिवार • ०३:५९:०३ बजे
  • 736
    SHARES
  • भगवान‍्को नाममा ३३ रोपनी सरकारी जग्गा हडपियो, अदालतमा पुग्यो मुद्दा

    श्री राधाकृष्ण भगवान् र नेपाल अन्तर्राष्ट्रिय कृष्ण भावनामृत नाम गरिएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले करिब ३३ रोपनी सरकारी जग्गा हडपेको भन्दै काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ ।

    images

    बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ५ मा रहेको उक्त संस्थाले सरकारी जग्गा हडपेको तर सरोकारवालामार्फत हडपिएको जमिन खाली गर्न अनुरोध गर्दासमेत विपक्षीले कुनै चासो नदिएको भन्दै आर्सी ढकाल र जस्मिन ओझाले मुलुकी देवानी कार्यविधि २०७४ को दफा ९१ बमोजिम मुद्दा दायर गरेका हुन् ।

    मुद्दामा सरकारी जग्गा हडपेर बनाइएको घर भत्काइ चलन चलाइ, सार्वजनिक जग्गा सार्वजनिक गर्नका लागि आदेशको माग गरिएको छ ।

    मुद्दामा भनिएको छ,‘बाहिरी रूपमा समाजमा धर्मको रक्षा गरेको भन्ने र भित्री रूपमा सार्वजनिक जग्गा हडपेर आफ्नो वर्चस्व बनाउँदै आफू र आफ्नाका लागि जीवनभरि वासस्थानका लागि ठुला ठुला भवन निर्माण गरेको कार्य गैरकानुनी भएको हुँदा गैरकानुनी रूपमा अतिक्रमण गरेको सार्वजनिक जग्गाको मुलुकी देवानी कार्यविधि २०७४ को दफा १७७ बमोजिम जग्गाको नाप, जाँच, वा नक्सा समेत गरी उल्लेखित भवन तथा अन्य गैरकानुनी संरचना बनाउन स्वीकृति दिने विपक्षी निकायहरूलाई समेत कारबाही गरी उक्त गैरकानुनी संरचना भत्काई अतिक्रमित नेपाल सरकारको नाममा रहेका सार्वजनिक जग्गाहरूलाई विपक्षीको अतिक्रमण र भोगचलनबाट छुटाई सार्बजनिक जग्गा नै कायम गरी पाउँ ।’

    मुद्दा दायर गरेपछि ओझाले कसैलाई पनि जात, धर्म, शक्तिको आडमा कानुन मिच्ने छुट नभएको बताइन् । यो मुद्दा एउटा व्यक्तिको मात्रै नभएर सम्पूर्ण राष्ट्रको विषय भएको समेत उनले बताइन् ।

     

     

     

  • सम्बन्धित विषय:

  • # अदालतमा पुग्यो मुद्दा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology