Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

बुटवलमा सवारी दुर्घटना, एक जनाको मृत्यु

बुटवलमा सवारी दुर्घटना, एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ४, २०८१ मंगलवार • ०४:२६:०३ बजे
  • 715
    SHARES
  • बुटवलमा सवारी दुर्घटना, एक जनाको मृत्यु

    पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटवलको बेलबासमा भएको सडक दुर्घटनामा एक युवतीको ज्यान गएको छ।

    images

    इलाका प्रहरी कार्यालय बुटवल अनुसार अनुसार लु ८७ प ४५७३ नम्बर स्कुटर विपरीत दिशाबाट आउँदै गरेको १ च ६७८३ नम्बरको बलेरो र शान्ति चोकबाट निस्केको नम्बर नखुलेको मोटरसाइकल एक आपस ठक्कर खाएका थिए। स्कुटर बलेरोमुनि पस्दा अर्घाखाँचीको संन्धिखर्क नगरपालिका घर भई बुटवल ११ देविनगर बस्दै आएकी २७ वर्षिय शुष्मा श्रेष्ठ मृत्यु भएको हो ।

    श्रेष्ठलाई बुटवल १२ शान्तिचोकमा नम्बर नखुलेको मोटरसाइकले ठक्कर दिएको र मोटरसाइकलको ठक्करबाट हुत्तिएर बलेरो जिपमा ठोक्किन पुगेकी थिइन्। उनको उपचारका लागी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ।

    बलेरो चालक प्रहरी नियन्त्रणमा छन् भने ठक्कर दिएर फरार रहेका मोटर साइकलको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology