Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

तनहुँ बस दुर्घटनामा ११ जना बेपत्ता, १४ जना अचेत

तनहुँ बस दुर्घटनामा ११ जना बेपत्ता, १४ जना अचेत

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ७, २०८१ शुक्रवार • ०७:१४:०१ बजे
  • 907
    SHARES
  • तनहुँ बस दुर्घटनामा  ११ जना बेपत्ता, १४ जना अचेत

    तनहुँमा शुक्रबार बिहान भएको भारतीय नम्बर प्लेटको बस दुर्घटना हुँदा ११ जना बेपत्ता भएका छन् ।

    images

    बस सडकमा मर्स्याङ्दी नदीमा खसेको प्रहरीले जनाएको छ ।

    १४ जना जना अचेत हुनुका साथै १५ जना सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी दीपक कुमार रायले जानकारी दिए।

     

    मर्स्याङ्दीमा भारतीय बस खस्यो

     

    तनहुँको आँबुखैरेनीस्थित ऐना पहारामा भारतीय बस मर्स्याङ्दी नदीमा खसेको छ ।

    आज बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको छ । बस नदी किनारमा कच्याककुचुक भएको देखिन्छ ।
    घटनास्थलमा सशस्त्र र नेपाल प्रहरीको टोली उद्धारमा खटिएका छन् ।

    सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र २३ नम्बर मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा परिचालन गरिएको छ । घटनास्थल भिरालो र अप्ठ्यारो भएकाले उद्धारकर्ता डोरीको सहायताले बस भएको स्थानसम्म पुगेर उद्धारमा सक्रिय छन् ।

     

  • सम्बन्धित विषय:

  • # १४ जना अचेत
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology