Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बस दुर्घटना : तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने

बस दुर्घटना : तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ८, २०८१ शनिवार • ०५:५१:०४ बजे
  • 544
    SHARES
  • बस दुर्घटना : तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने

    नेपालमा बस दुर्घटनामा मृत्यु भएका महाराष्ट्रका तीर्थयात्रीको शव भारतीय वायुसेनाको विमानबाट नासिक लगिने भएको छ ।

    images

    शुक्रबार भारतीय नम्बर प्लेट भएको बस मर्स्याङ्दी नदीमा खसेर ठुलो दुर्घटना भएको थियो । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस मर्स्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो ।

    त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको भरतपुरमा मृत्यु भएको हो । सो दुर्घटनामा १६ जना घाइते भएको र उनीहरूलाई शुक्रबार नै हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो ।

    बसमा सवार सबै यात्रु महाराष्ट्रका थिए र उत्तर प्रदेशबाट बसमा नेपाल प्रवेश गरेका थिए । यो बस पोखराबाट काठमाडौँ जाँदै थियो । राजधानी काठमाडौँबाट ११८ किलोमिटर टाढा नेपालको तनहुँ जिल्लामा यो दुर्घटना भएको थियो । बस सडकबाट करिब ३ सय मिटर तल खसेको थियो ।

  • सम्बन्धित विषय:

  • # नासिक लगिने
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology