Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

भारतमा मृत्यु भएका तीन युवाको शव ल्याइँदै

भारतमा मृत्यु भएका तीन युवाको शव ल्याइँदै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ९, २०८१ आइतवार • ०५:१२:२९ बजे
  • 1.1K
    SHARES
  • भारतमा मृत्यु भएका तीन युवाको शव ल्याइँदै

    भारतको उत्तराखण्ड राज्यमा पर्ने रुद्रप्रयाग जिल्लामा गएको पहिरोमा परी मृत्यु भएका चितवन माडीका तीन जनाको शव ल्याइँदै छ । शव आज रातिसम्म घर ल्याइपुर्याइने माडी नगरपालिकाकी प्रमुख ताराकुमारीकाजी महतोले बताइन् । नगरप्रमुख महतोका अनुसार शवको शुक्रबार बेलुका परीक्षण सकिएपछि आज दिउँसो गड्डाचौकीनाका हुँदै नेपाल ल्याइएको छ ।

    images

    शव बोकेको एम्बुलेन्स बाटोमा रहेकाले आज रातिसम्म शव माडी आइपुग्ने उनले जानकारी दिइन् । बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा बिहीबार मध्यराति खसेको पहिरोमा परी चितवन माडीका तीनजना र दैलेखका एकजना मजदुरको मृत्यु भएको थियो । उनीहरू सुतेको अवस्थामा पहिरो गएको थियो ।

    नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार माडी नगरपालिका–२ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाई, वडा नं १ भङ्गताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा नं ५ छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली तथा दैलेखका दीपक बुढाको पहिरोले पुरेर घटनास्थलमा मृत्यु भएको हो ।

    पहिरोमा परी नगरवासीको मृत्यु भएको थाहा पाएपछि मृतकका परिवारलाई भेट्न गएको नगरप्रमुख महतो बताइन् । मृतक तीनजनाको परिवारको आर्थिक स्थिति कमजोर रहेको भन्दै उनले मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा कार्यपालिका बैठकले आवश्यक निर्णय गर्ने जानकारी दिइन् ।

    “मैले मृतकका परिवारलाई भेटिसकेकी छु । मृतक तीनजनाकै आर्थिक अवस्था कमजोर रहेछ”, नगरप्रमुख महतोले भनिन्, “मृतकका परिवारलाई राहत दिने विषयमा अब बस्ने कार्यपालिका बैठकले निर्णय गर्नेछ ।” परिवारजन उतै रहेकाले दैलेखका दीपकको शव रुद्रप्रयागमै दाहसंस्कार गरिने जानकारी प्राप्त भएको उनले जानकारी दिइन् । पेट्रोलपम्प र बाटो निर्माणमा मजदुरका रूपमा काम गर्दै आएका उनीहरू पवनहंश हेलिप्याड नजिकको शिविरमा बस्ने गरेका थिए ।

  • सम्बन्धित विषय:

  • # युवाको शव ल्याइँदै
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology