Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

भारतीय कार दुर्घटना हुँदा पाल्पामा एक जनाको मृत्यु

भारतीय कार दुर्घटना हुँदा पाल्पामा एक जनाको मृत्यु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र १०, २०८१ सोमवार • ०४:१३:३७ बजे
  • 616
    SHARES
  • भारतीय कार दुर्घटना हुँदा पाल्पामा एक जनाको मृत्यु

    पाल्पामा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ ।

    images

    रानिमहल जाँदै गरेको यूपी१४डीएन १०४ नम्बरको कार आइतबार राति पौने ११ बजे तानसेन नगरपालिका-१ नारनडाँडास्थित रानिमहल सडकखण्डमै दुर्घटना भएको हो ।

    दुर्घटनामा चालक भारत उत्तर प्रदेशका २८ वर्षीय विकास पाठकको मृत्य भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए । गम्भीर घाइते भएका विकासलाई मिसन अस्पतालमा पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । गाडीमा सवार अन्य पर्यटक भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

    उनीहरू सदरमुकाम तानसेनबाट बास बस्नका लागि रानीमहलतर्फ जाने क्रममा दुर्घटना भएको बुझिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # एक जनाको मृत्यु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology